बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

National life

आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० तथा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।

प्रकाशित: Mar 14, 2024| 07:20 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्