बिहीबार, भदौ ११, २०८३

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। 

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 

प्रकाशित: Mar 13, 2024| 17:03 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्