बिहीबार, चैत २६, २०८२

विश्वासको मत पाए प्रधानमन्त्री प्रचण्डले

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

National life
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वासको मत पाएका हुन्।

२६८ जना सांसदले भोट हालेकामा दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ। एकजना तटस्थ बसेका छन्। विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो। उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन्।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका हुन्।

प्रकाशित: Mar 13, 2024| 15:51 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्