सोमबार, वैशाख ८, २०८२

टी-२० सिरिजको उपाधिका लागि पिएनजीसँग खेल्दै नेपाल

 |  बुधबार, फागुन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

vianetvianet

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। मंगलबार नै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो।

triton college

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्यो। जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो। हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो। साथै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ। यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो। फाइनल खेल आज बुधबार हुनेछ। 

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्यो। पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए। त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो। हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए। नस्रुला राना र एहसान खानले समान १६-१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए।

पपुवा न्युगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई-दुई विकेट लिए।

National life insurance

प्रकाशित: Mar 13, 2024| 06:30 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्