आइतबार, मंसिर २८, २०८२

कर्णाली सरकारले जडीबुटी बेचेर कमायो तीन करोड

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

सुर्खेत- कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ। प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट २ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। 

National life

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए। 'कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ', उनले भने, 'कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ।'

जडीबुटीबाहेक वन क्षेत्रका काठ-दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ। कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन्।

औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन्। तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ। 

जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ। उनले कर्णाली प्रदेशमा जडीबुटी संकलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए।

Laxmi sunrise bank
kumari

निर्देशक कर्णले भने 'यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ। प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ।'

कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले औँल्याए।    -रासस

प्रकाशित: Mar 13, 2024| 09:01 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्