आइतबार, मंसिर २१, २०८२

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

National life
Laxmi sunrise bank
kumari

कैलाली- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन्। 

उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन्। उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरे। 

पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौँ र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताएका छन्। पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्नेनगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहले बताए। पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन्।

प्रकाशित: Mar 12, 2024| 19:01 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्