शुक्रबार, भदौ १२, २०८३

जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने, सरकारमा सहभागी नहुने

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ ९१० मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। 

सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरदसिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।  

साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उनले दिए।

प्रकाशित: Mar 12, 2024| 18:31 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्