शुक्रबार, भदौ १२, २०८३

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको लोसपाका सचिव मनिष मिश्रले जानकारी दिए। साथै पार्टीले संसद्‍मा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्रीले यही फागुन ३० गते संसद्‍मा विश्वासको मत लिँदैछन्। संसद्‍मा लोसपाका चार सांसद छन्।

प्रकाशित: Mar 12, 2024| 15:03 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्