सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्वास्थ्य बिमा गर्नेले निजीमा उपचार गराउँदा २० प्रतिशत आफैंले तिर्नुपर्ने

 |  मंगलबार, फागुन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। 

triton college

बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए। उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ। 

यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो। बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो। 

उनले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो। कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन। सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ। 
 

Metro Mart
vianet

प्रकाशित: Mar 12, 2024| 09:00 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

हाम्रो वरपर धेरै यस्ता रोगहरू छन्, जसको सिकार हामी जुनसुकै बेला पनि हुन सक्छौं। यस्तो अवस्थामा हामीले यी रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ।