सोमबार, वैशाख १४, २०८३

तमलोपा, जनमत र जनता प्रगतिशील पार्टीबीच सहकार्यको सहमति

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- जनमत पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबीच सहकार्यको सहमति भएको छ।

National life

जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा आइतबार तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनता प्रगतिशीलका अध्यक्ष हृदयेश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सीके राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा नेपालको संविधान रक्षाको लागि समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्नेलगायत ७ बुँदा समेटिएका छन्।

यसअघि फागुन ९ गते तमलोपा र जनता प्रगतिशील पार्टीबीच सहकार्य गर्ने सहमति भएको थियो। अन्य दलहरुलाई पनि सहकार्यको अभियानमा सहभागी हुन तीन पार्टीले अनुरोध गरेका छन्।

प्रकाशित: Mar 10, 2024| 19:48 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्