बिहीबार, असार ५, २०८२

‘२.०’ ले ११ दिनमा ६२३.१९ करोड कमायो

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – भारतीय सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले अहिले पनि राम्रो कमाइ गरिरहेको छ। फिल्म २९ नोभेम्बरमा रिलिज भएको हो। साइन्स फिक्सनमा बसेको फिल्मलाई सबै उमेर समूहका दर्शकले उत्तिकै रुचाएका छन्। 

रिलिज भएको चार दिनमा ४ सय करोड कमाएको फिल्मले अहिलेसम्म ६२३.१९ करोडको व्यापार गरेको छ। फिल्मले भारतमा मात्र नभएर देश बाहिर पनि राम्रो व्यापार गरिरहेको छ। ३५.६२ करोडभन्दा बढी कमाइ गर्ने यो फिल्मसँगै अहिलेसम्म भारतमा तीन फिल्म बनेका छन्। यसअघि ‘पद्यमवत’ र ‘संजू’ ले पनि धेरै कमाएका थिए। 

फिल्म ६०० करोडको बजेटमा निर्माण भएको थियो। यो फिल्म तामिल, तेलुगू र हिन्दी गरेर ६८०० हलमा एकैसाथ रिलिज भएको थियो। यो फिल्म सन् २०१० मा रिलिज भएको फिल्म रोबोटको सिक्वल हो। 

‘२.०’ आगामी मेमा चीनमा रिलिज गरिने भएको छ। यसअघि चीनमा भारतीय फिल्म दंगल, बजरंगी, भाइजान लगायत रिलिज गरिएका भएका थिए। ती फिल्मले चीनको बक्स अफिसमा राम्रै कमाइ गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्