बिहीबार, चैत २६, २०८२

चौथो वरीयताको उपप्रधानमन्त्री बने उपेन्द्र यादव

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव चौथो वरीयताको उपप्रधानमन्त्रीसहित सरकारमा गएका छन्।

National life

आइतबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चार जना उपप्रधानमन्त्री मध्ये पहिलो वरीयतामा एमालेका रघुवीर महासेठ छन् भने दोस्रोमा माओवादीका नारायणकाजी श्रेष्ठ छन्। तेस्रो वरीयतामा रास्वपाका रवि लामिछाने छन्।

यादवले भने चौथो वरीयताको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन्। यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन्।

माओवादीका श्रेष्ठ परराष्ट्रमन्त्री, एमालेका महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाका लामिछाने गृहमन्त्री छन्।

जसपाबाट सरकारमा यादव र नवलकिशोर साह थपिएका छन्। साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन्। योसँगै २२ सदस्यीय प्रचण्ड सरकार पूर्ण बनेको छ। यो सरकारमा राज्यमन्त्री भने एकजना पनि छैनन्।

kumari

प्रकाशित: Mar 10, 2024| 12:20 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्