शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्षका आकांक्षी सिटौला बने राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता

अध्यक्षका आकांक्षी सिटौला बने राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलकानेता शेरबहादुर देउवाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्। 

शनिबार देउवाले सिटौलालाई राष्‍ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्। 

गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित: Mar 09, 2024| 18:57 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्