बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा छ जना बेपत्ता

दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा छ जना बेपत्ता

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

सियोल- इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन्।

National life

दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिबार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन्।

‘हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,’ सरकारी अधिकारी ली हो- जुनले भने। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन्।

Shivam cement

योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो।   -एएफपी

प्रकाशित: Mar 09, 2024| 14:31 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्