शुक्रबार, जेठ ४, २०८१

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो 'पिंक डेबिट कार्ड'

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

सिद्धार्थ बैंक लिमिटेडले 'सिद्धार्थ नारी बचत खाता'का ग्राहकहरूका लागि 'पिंक डेबिट कार्ड' सञ्चालनमा ल्याएको छ ।

triton college

बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले 'पिंक डेबिट कार्ड' सञ्चालनमा हो । महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

यो नवीनतम् योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरलगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यस्तै, ०१-५९७००२० मा फोन, customercare@sbl.com.np मा ईमेल, हेल्पडेस्क : www.siddharthabank.com/helpdesk र https://chats.viber.com/siddharthabankcustomercare मा भाइबर गर्न पनि बैंकले आग्रह गरेको छ ।

corrent noodles
Metro Mart

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटीएममार्फत उच्चस्तरीय एवं प्रविधि मैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

'सम्बन्ध सधैभरिलाई' भन्ने नारा अवलम्बन गर्दै बैंकले 'सिद्धार्थ केयर'मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।

प्रकाशित: Mar 08, 2024| 14:26 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्