बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाठेघरको मुखको क्यान्सरविरुद्ध एनसेलको सचेतना अभियान

पाठेघरको मुखको क्यान्सरविरुद्ध एनसेलको सचेतना अभियान

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

काठमाडौं- पाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी अभियान घोषणा भएको छ।

National life

नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा रहेको एनसेल, यौन तथा प्रजनन स्वास्थ्य सेवाको अग्रणी सेवा प्रदायक मेरी स्टोप्स इन्टरनेसनल र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागले संयुक्त रुपमा बिहीबार पाठेघरको मुखको क्यान्सरविरुद्ध अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रोकथामका लागि थेरापी सम्बन्धी जागरण फैलाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो।

'यो अभियानले स्क्रिनिङ र खोपका माध्यममार्फत रोकथाम तथा उपचार गर्न सकिने पाठेघरको मुखको क्यान्सरसम्बन्धी देशभर सचेतना फैलाउने लक्ष्य राखिएको छ,' मेरी स्टोप्सका सिइओ साइमन कुकले भने, 'अभियानमा सबैको सहयोगको अपेक्षा राखेका छौँ।'

सन् २०२४ मार्च महिनादेखि सुरु हुने यस सचेतना अभियानअन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ। पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको स्वास्थ्यका लागि ठूलो खतराको रुपमा रहेको छ, जसका कारण वर्षेनि धेरैको ज्यान समेत जाने गरेको छ। सन् २०२२ मा मात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो।

Shivam cement

रोकथाम गर्न सकिने यो रोगको कारण एक हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए। अभियानअन्तर्गत सञ्चालन गरिने मुख्य क्रियाक्लापहरूमा आमसञ्चार माध्यमद्वारा व्यापक सचेतना अभियान, प्रभावकारी सूचना सम्प्रेषणका लागि सम्बन्धित सङ्घसंस्थाहरूसँग रणनीतिक साझेदारी, विशेष टक शो, सचेतनामूलक भिडियो निर्माण तथा प्रसारण र एनसेलसँगको सहकार्यमा वाकाथन आयोजना गरिएको छ।

 

प्रकाशित: Mar 08, 2024| 12:04 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्