आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बलात्कृत छोरीले आत्महत्या गरेपछि पिताले पनि लिए आफ्नो ज्यान

बलात्कृत छोरीले आत्महत्या गरेपछि पिताले पनि लिए आफ्नो ज्यान

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

केही दिनअघि भारत उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो। घटनापछि दुई जनाले आत्महत्या गरेका थिए।

दुईमध्ये एक पीडितका बुबाले समेत आत्महत्या गरेका छन्। इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेको बताइएको छ।

भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे। उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो। घटनापछि दुवैले आत्महत्या गरेका थिए। प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ।

घटनापछि इँटा भट्टा सञ्चालकले परिवारलाई सहमतिपत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए। यहीबीच पिताले पनि आत्महत्या गरेका हुन्।

 

kumari

प्रकाशित: Mar 07, 2024| 16:13 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्