शुक्रबार, भदौ ५, २०८३

पुष्पकमल दाहाल अवसरवादको अर्को नाम : शंकर पाेखरेल

'एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धान्त छ न विचार छ न नीति छ। छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना।’
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

बुटवल– नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि जनयुद्धको नीति नछाडेको बताएका छन्। दाङको घोराहीमा निर्मित सहिद नेत्रलाल अभागीको सालिक शनिबार अनावरणका क्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले भने, ‘पुष्पकमल दाहाल अवसरवादको अर्को नाम रहेछ’, उनले भने, ‘तर दाहालले जनयुद्धको बेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति छाडेका रहेनछन्। उनले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हान्न खोजे।’

नेता पोखरेलले दाहालमा रहेको अवसरवाद र महत्त्वाकांक्षाले नेपालको राजनीतिक अस्थिरतामा गएको पनि बताए। ‘दाहलकै कारण आज देश अस्थिरतामा गएको छ। शेरबहादुर देउवाजी प्रचण्डको कुण्ठाको मोहरा बने।’

‘एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धान्त छ न विचार छ न नीति छ। छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना।’

उनले नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको दाबी गरे। ‘नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको छु’ पोखरेलले भने, ‘एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धान्त छ न विचार छ न नीति छ। छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना।’

उनले त्यही प्रतिशोधको भावना भएको झुण्ड अहिले सरकारमा रहेको बताए। ‘राष्ट्रिय स्वाधीनता र विकासको बाटो हिँड्ने कि जनताले देखाएको बाटो हिँड्ने या अध्यादेश र परमाशेदको बाटो हिँड्ने?’,उनको प्रश्न छ, ‘स्वार्थहरुको योजना अनुसार मुलुक अगाडि बढ्न सक्दैन।’

उनले देउवा नेतृत्वको सरकारलाई परमादेशबाट बनेको संज्ञा दिए। ‘परमादेशबाट जन्मिएको सरकार संसदीय लोकतन्त्रको अपमान हो’, उनले भने, ‘स्वार्थी राजनीतिका कारण हामीले अहिले नेतृत्व गुमाएका छौं। प्राविधिक रुपमा नेतृत्व गुमे पनि जनताको मन आस्था र विश्वासमा त्यो नेतृत्व कायम गरिसकेका छौं।त्यसलाई कसैले भत्काउन सक्दैन।’

प्रकाशित: Aug 14, 2021| 14:10 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...