शुक्रबार, भदौ १२, २०८३

सुनको भाउ सवा लाख

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

काठमाडौं- नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार तोकिएको छ।

हिजो प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ। यसको मूल्य हिजो प्रतितोला एक लाख २२ हजार ९ सय थियो।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

 

प्रकाशित: Mar 07, 2024| 11:09 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्