काठमाडौं- काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’, प्रहरी प्रवक्ता ढकालले भने।