बिहीबार, चैत २६, २०८२

के कारणले डाउन भएको थियो फेसबुक ?

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

मंगलबार राति करिब डेढ घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड चलेनन्। ह्वाट्सएप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

National life

फेसबुकको माउ कम्पनी मेटा स्वयंले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन। आउटेजको समयमा एकाउन्टहरु आफैं लगआउट भएका थिए। प्रयोगकर्ताको टाइमलाइन रिफ्रेस भइरहेको थिएन।

यो समस्या देखिएपछि एक्सका मालिक एलन मस्कले 'तपाईंले यो पोष्ट देखिरहनु भएको छ भने हाम्रो सेवाहरु ठिक छन् र हाम्रो सर्भरले राम्रोसँग काम गरिरहेको छ' भन्दै मेटालाई गिज्याएका थिए। साइबर आक्रमणका कारण मेटाका सेवामा समस्या आएको बताइएको छ।

फेसबुक, इन्स्टाग्राम, फेसबुक मेसेन्जर र थ्रेड डाउन भइरहेको बेलामा अमेरिकामा अन्य धेरै कम्पनीका सेवा पनि ठप्प भएका थिए। यसको पछाडि साइबर आक्रमणको आशंका गरिएको छ।

 

kumari

प्रकाशित: Mar 06, 2024| 17:25 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्