सोमबार, कात्तिक ३, २०८२

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेशसभाको अधिवेशन आह्वान

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०
Kumaribank
Metro Mart

कर्णाली- कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष आज सिफारिस भई आएबमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन्। 

प्रकाशित: Mar 06, 2024| 11:35 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्