शुक्रबार, भदौ १२, २०८३

त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

त्रिशूली नदीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई उद्धार गरिएको थियो। उद्धारपश्चात दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन्। उनीहरूको पहिचान हुन सकेको छैन। घाइते ३६ जनामध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन छैन।

प्रकाशित: Mar 06, 2024| 10:11 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्