शनिबार, असोज ३१, २०८३

डच खेलाडीले नेपालको राष्ट्रिय झण्डा ओढेपछि...

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- नेदरल्यान्ड्सका खेलाडीले नेपालको राष्ट्रिय झण्डा ओढेपछि नेपाली खेल समर्थक दंग परेका छन्। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल खेल सकिएपछि उनीहरूले नेपाली खेलाडीको सम्मानमा नेपालको राष्ट्रिय झण्डा काँधमा ओढेका थिए।

घरेलु टोली नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको हो। नेपाली समर्थकले आफ्नो टोलीलाई हराएर उपाधि जितेका नेदरल्यान्ड्सका खेलाडीको सम्मानमा ताजी बजाएका थिए। त्यसको जवाफमा नेदरल्यान्ड्सका खेलाडीले नेपालीलाई 'काइन्ड' भन्दै खुसी व्यक्त गरेका थिए।

नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएर उपाधि जितेको हो। यसअघि ३ देश सम्मिलित शृंखलामा शीर्ष २ स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका थिए।

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगका शुरूवाती २ खेल गुमाउँदा पछिल्ला २ खेलमा भने जित निकालेको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रकाशित: Mar 05, 2024| 16:59 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्