बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चंखेली गाउँपालिकाका पूर्व अध्यक्षसहित ८ जनालाई भ्रष्टाचार मुद्दा

चंखेली गाउँपालिकाका पूर्व अध्यक्षसहित ८ जनालाई भ्रष्टाचार मुद्दा

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं र निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

बाटो निर्माण योजनामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो। भ्रष्टाचारको आरोप लाग्नेमा गाउँपालिका अध्यक्ष चौलागाईं र निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीसँगै सोही गाउँपालिकाको वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडी पनि छन्।

इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सब–इन्जिनियर अजय भन्ने अज बहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडी पनि रहेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘गाउँपालिका अध्यक्ष चौलागाईंसहित ५ जनाले चंखेली गाउँपालिका वडा नम्बर ३ स्थित मेलादेखि वासलधारासम्म बाटो निर्माण योजनामा उक्त कार्यको नापजाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरुलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीले सम्झौता बमोजिमको काम नभएकोलाई पनि भएको भनेर झुट्टा बिल भरपाई र हाजिरी लगायतका कागजात पेश गरेको पाइएको अख्तियारको दाबी छ ।

kumari

वडा नम्बर–३ का तत्कालीन वडाअध्यक्ष सालीग्राम ऐडीले पनि नगरेको कामलाई कार्य सम्पन्न भएको भनेर गाउँपालिकालाई सिफारिस गरेको पाइएको छ । ८ जनाविरुद्ध १० लाख २९ हजार ३२५ रुपैयाँ बिगोसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ।

 

प्रकाशित: Mar 05, 2024| 15:59 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्