बिहीबार, चैत २६, २०८२

एमाले प्रमुख सचेतक र सचेतक दुवैमा युवालाई अवसर

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतक र सचेतक दुवैमा युवालाई अवसर दिएको छ। यसअघि सचेतक रहेका महेश बर्तौला प्रमुख सचेतकमा बढुवा भएका छन् भने सचेतकमा सुनिता बराल नियुक्त भएकी छन्।

National life

यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि महेशले अवसर पाएका हुन्।

संसदीय दलका नेता केपी ओलीले बर्तौला र बराललाई नियुक्त गरेका हुन्। बर्तौला मकवानपुरबाट निर्वाचित भएका हुन्। उनले बारम्बार सो क्षेत्रबाट जित्दै आएका विरोध खतिवडालाई पराजित गरेका थिए।

बराल भने समानुपातिक सांसद हुन्। दुवै युवा सांसद विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।

प्रकाशित: Mar 05, 2024| 15:29 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्