बुधबार, माघ २१, २०८२

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो टी-ट्वान्टी सिरिज

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- कीर्तिपुर क्रिकेट मैदानमा जारी टी-ट्वान्टी त्रिकोणात्मक श्रृंखलाको फाइनलमा नेदरल्यान्ड्स विजयी भएको छ। सुरुमा ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाएर १८५ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्ड्सले १९.३ ओभरमा १८९ रन बनाउँदै जित हासिल गर्यो।

National life

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप लिग-२ को ४ महत्त्वपूर्ण खेलमध्ये ३ वटा उक्त मैदानमा गुमाएको थियो। तर त्यसपछि टी -२० विश्वकपको तयारी स्वरूप खेलिएको त्रिकोणात्मक टी-२० श्रृङ्खलामा टोली फाइनलसम्म पुग्न सफल भयो।

नेपालका लागि कुशल मल्ल एक्लैले चार विकेट लिए।  दीपेन्द्रसिंह ऐरी र अभिनास बोहोराले एक/एक विकेट लिए।

नेदरल्यान्ड्सका लागि माइकल लेविटले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै साइब्रान्ड ब्रच्टले ४८, विक्रमजित सिंहले २९, म्याक्स वडुटले २२ तथा टीम भानडेर गुटेनले २१ रनको योगदान दिए।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे।

Laxmi sunrise bank

करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे। दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए। नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए।

 

प्रकाशित: Mar 05, 2024| 15:05 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्