बिहीबार, चैत २६, २०८२

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ। बैठक आज अपरान्ह तीन बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ।

National life

आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। हिजो नै सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन। सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए।

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।
 

kumari

प्रकाशित: Mar 05, 2024| 09:51 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्