शुक्रबार, भदौ १२, २०८३

मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

 |  मंगलबार, फागुन २२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २२, २०८०

मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठक दिउँसो तीन बजे डाकिएको छ।

त्यसअघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्नेछ।

प्रतिनिधि सभामा नेकपा (एमाले) का ७७, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ सांसद छन्। सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो।

१० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको छ। उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुनेछ।

नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन्। मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन्।

सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र उपाध्यक्ष श्रेष्ठ निवासमै पुगेका थिए।

भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको थियो।
 

प्रकाशित: Mar 05, 2024| 08:58 मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्