दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवलदार मृत फेला परेका छन्।
अपि हिमाल गाउँपालिका- २ मा बैतडीको पुर्चौडी नगरपालिका- ३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बोहरा कञ्चनपुरको सशस्त्र प्रहरी बल बीओपी बह्मदेवमा कार्यरत थिए। आजर बिहान करिब ९ बजेतिर उनी ससुराली घरको सय मिटर टाढा रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।