नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-६ नयाँ बाटोस्थित जंगलमा भारत उत्तर प्रदेश बस्ने ३५ वर्षीय अनिल कुमार सिंह गएराति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ अईचावल बस्ने ४६ वर्षीय खडानन्द चौधरी सोही ठाउँ बस्ने खेमराज चौधरीको गोठ अगाडि खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ, दुधपोखरी गाउँपालिका-१ ड्याम स्वारास्थित कुम बहादुर सार्कीको घरमा बस्दै आएका नुवाकोट बेलकोट गढी नगरपालिका-१२ घर भएका ४८ वर्षीय राम कुमार पुडासैनी पिढिको खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, चुमनुर्ब्री गाउँपालिका-२ लिही बस्ने ५१ वर्षीय कर्म छेवाङ सोही गाउँपालिका- ४ प्रोकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ३७ वर्षीय बिर सिह कुँवर सुर्नया गाउँपालिका-२ सतबाँज चौराहस्थित सडक किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, लमही नगरपालिका-२ बरूवागाउँ बस्ने २८ वर्षीय नयन चौधरी सोही ठाउँस्थित बगरकुलोको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-६ नयाँबस्तीस्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, मध्यपुरठिमी नगरपालिका-९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलाम, ईलाम नगरपालिका-३ घर भई काठमाडौं तिनकुने बस्ने २६ वर्षीय छत्र थापा बा. ८६ प ९७३० नम्बरको स्कुटरसहित सोमबार मृत अवस्थामा फेला परेका छन् ।