बिहीबार, चैत २६, २०८२

क्यूआर कोडबाटै प्रहरीमा उजुरी र गुनासो गर्न सकिने

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

गोरखा- जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्यूआर कोड प्रयोगमा ल्याएको छ। कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्यूआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए।

National life

'अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्यूआर कोड पनि प्रयोग गर्न सक्छन्', उनले भने, 'त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्यूआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ।'

कार्यालयले बिहीबारदेखि क्यूआर कोड प्रयोगमा ल्याएको हो। प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्यूआर कोड सेवा सुरु गरिएको सूचना अधिकारी खड्काको भनाइ छ।

'क्यूआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ', उनले भने, 'सेवा प्रवाहको व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाइ नागरिक सु-सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ।'

सेवाग्राहीलाई क्यूआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्यूआर कोड टाँसिएको उनले बताए। नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ।

kumari

प्रकाशित: Mar 04, 2024| 22:01 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्