बुधबार, असार १०, २०८३

नयाँ गठबन्धनबारे बोले प्रचण्ड- म नमर्दासम्म उथलपुथल भइराख्छ

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रमभंगता भएको बताएका छन्।

National life

सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए। उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो।’

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रमभंग गरेको उनको भनाइ छ। घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन्।

 

Shivam cement

 

प्रकाशित: Mar 04, 2024| 15:10 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्