बिहीबार, चैत २६, २०८२

रोजगार मेला उद्घाटन गर्न यूएई गएका श्रममन्त्री आफैं 'बेरोजगार'

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी अहिले यूएई भ्रमणमा छन्। वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको दुबई रोजगार मेला उद्घाटनका लागि उनी यूएई पुगेका हुन् ।

National life

श्रममन्त्री भण्डारी भोलि मंगलबार नेपाल फर्किने कार्यक्रम छ। तर यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाएर सबै मन्त्रीको जागिर खाइदिएका छन्। नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारीसहित सबै मन्त्री पदमुक्त हुन लागेका छन्। मन्त्रीको हैसियतमा दुबई उडेका मन्त्री भण्डारी फर्किंदा त्यो हैसियतमा हुनेछैनन्।

यता फिनल्याण्ड जाने तयारीमा रहेका परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण पनि रोकिएको छ।

 

प्रकाशित: Mar 04, 2024| 14:08 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्