बिहीबार, चैत २६, २०८२

हनुमन्तेमा भेटियो युवकको शव

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

National life
kumari

भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौं तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलाको बीचमा बा ८६ प ९७३० नम्बरको स्कुटर पल्टिएको र थापाको शव उत्तानो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वसन्त पाठकले घटनाको अनुसन्धान भइरहेको र थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको जानकारी दिए।

उनले दुर्घटना हो कि हत्या हो भन्नेबारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताए । प्रारम्भिक अनुसन्धानमा मृतक थापा विवाहको पार्टीमा गएर फर्किएको भन्ने जानकारी प्राप्त भएको र मृतकको टाउको तथा अनुहारमा चोट रहेको उनको भनाइ छ ।

प्रकाशित: Mar 04, 2024| 13:51 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्