बिहीबार, चैत २६, २०८२

गठबन्धनमा भागबण्डा मिलाउन कार्यदल गठन

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ। एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेको कार्यदल बनाइएको हो।

National life

उनीहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गरेर शीर्ष नेतालाई बुझाउनेछन्।

वर्षमान पुन र उपेन्द्र यादव मन्त्री बन्ने टुंगो लागिसको छ। तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्‍मा सहभागी हुनेछन्।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र नेकपा एसलाई छोडेर एमाले, रास्वपा र जसपासँग सहकार्य गर्न लागेका हुन्।

 

kumari

प्रकाशित: Mar 04, 2024| 13:45 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्