काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट गरेका छन्। भेटमा प्रधानपन्त्री दाहालले नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएको बताइएको छ।
कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन्।
नयाँ तीन मन्त्रीले आज अपराह्न पाँच बजे शपथ लिने भएका छन्। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्ने लगभग पक्का भएको छ।
न्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।
राजनीतिक समीकरण बदलिएपछि आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक पनि स्थगित भएको छ।