काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट गरेका छन्। भेटमा प्रधानपन्त्री दाहालले नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन्।
कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन्।