शुक्रबार, भदौ १२, २०८३

नवनिर्वाचित राष्ट्रियसभाका सदस्यले लिए शपथ

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन्। सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरेकी छन्। 

राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो। समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो।

प्रकाशित: Mar 04, 2024| 12:20 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्