शनिबार, वैशाख १५, २०८१

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाडेका छन। 

triton college

योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्। नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ। यता नामिबियाले भने तीन अङ्क जोड्यो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो। खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो। फाइनल खेल यही फागुन २२ गते हुनेछ। 

प्रकाशित: Mar 03, 2024| 15:59 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्