बिहीबार, वैशाख २०, २०८१

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- एनसेलले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधि सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्म उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ।

triton college

सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन्।

ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो। समझदारीपत्रअनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्ने एनसेलले जनाएको छ।

सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुने विश्वास दुवै कम्पनीको छ।

‘ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो। साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्‍याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ’, सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीम अवसरहरूका साथ सशक्त बनाउने कुरामा हामी विश्वस्त छौँ।’

corrent noodles
Metro Mart

ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए।

प्रकाशित: Mar 03, 2024| 13:15 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्