मुम्बई – भारतीय धनाढ्य मुकेश अम्बानी एक्ली छोरी इशाको बिहे धुमधामका साथ गर्न चाहन्छन्। उनले छोरीको बिहेअगाडि भारतको उदयपुरस्थित ताज लेक प्यालेसमा भव्य कार्यक्रम आयोजना गरे। भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा बलिउडका थुप्रै हस्तीहित १८ सयजना सहभागी भएका छन्।
समारोहमा हलिउडकी चर्चित गायिका बियोन्स र अमेरिकाकी नेतृ हिलारी क्लिन्टन पनि पुगेका थिए। बियोन्सले कार्यक्रममा गीत गाएकी थिइन्। मुकेशले आयोजना गरेको कार्यक्रमका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कार्यक्रमा सुपरस्टार साहरुख खान, सलमान खान, अमिर खान, ऐश्वर्या राय, अभिषेक बच्चन, करण जौहर, गौरी खान, प्रियंका चोपडालगायतले पनि नृत्य गरेका थिए।
पार्टीमा मुकेशका छोरीज्वाइँले पनि नृत्य गरेका थिए। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा उनीहरु रोमान्टिक मुडमा नृत्य गरिरहेको देख्न सकिन्छ। नृत्य गर्दै गर्दा आनन्दले इशालाई काखमा लिएर चुम्बन गरेका थिए। त्यो दृश्य देखेर कार्यक्रममा सहभागीहरुले ताली पिटेका थिए। इशाले ‘मै तेनु समझावा’ बोलको गीतमा नृत्य गरेकी थिइन्। उनीहरूको नृत्य निकै आकर्षक थियो। उनीहरुले बलिउड स्टारलाई नै टक्कर दिने नृत्य गरेका थिए। २७ वर्षीया इशाको ३३ वर्षीय आनन्दसँग विवाह हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४