शुक्रबार, भदौ १२, २०८३

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य 

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Mar 03, 2024| 12:33 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्