सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

 |  आइतबार, फागुन २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

vianetvianet
National life insurance

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
    
क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो। त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन्।
    
नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन्। क्यानका अनुसार उक्त शृङ्खलामा हङ्कङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन्। 

यही फागुन २६ गते नेपाल र हङ्कङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ। त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ। त्रिकोणात्मक सिरिजको फाइन खेल भने फागुन ३० गते हुने तालिका छ। 

प्रकाशित: Mar 03, 2024| 12:08 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्