बुधबार, माघ २१, २०८२

त्रिदेशीय टी-२० आई सिरिज

नेदरल्याण्ड्सविरूद्ध नेपालको ६ विकेटको सानदार जित

 |  शनिबार, फागुन १९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १९, २०८०

त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सविरूद्ध ६ विकेटको सानदार जित निकालेको छ।

National life

त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि कुशल मल्ल २  र दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर नट आउट रहे। त्यसअघि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे। १४.३ ओभरमा भिभियन किंग्माबाट आउट हुनुअघि उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै आर्यन दत्तबाट बोल्ड हुनुअघि गुल्सन झाले ३८ रन जोडे । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर कुशल भूर्तेल र आशिफ शेख तेस्रो ओभरमा आउट भएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको थियो। अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको थियो।

Laxmi sunrise bank

नेपालले सुरूको ओभरमै विकेट लिएर नेदरल्याण्डमाथि दबाब सिर्जना गरेको थियो।

जितसँगै नेपालल सिरिजको फाइनलमा पुगेको छ। अंक तालिकामा नेपाल र नेदरल्याण्ड्सको समान ४/४ अंक भएको छ। भोलि हुने नामिबिया नेदरल्याण्ड्सबीचको नतिजाले नेपालसँग फाइनल खेल्ने टिमको टुंगो लाग्नेछ। फाइनल मंगलबार हुनेछ। 

प्रकाशित: Mar 02, 2024| 16:04 शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्