बुधबार, असार १०, २०८३

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय २१ रनको लक्ष्य

 |  शनिबार, फागुन १९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १९, २०८०

काठमाडौं- राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि  एक सय २१ रनको लक्ष्य दिएको छ।

National life

कीर्तिपुरस्थित टियु अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले  १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको हो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए। यसैगरी,  टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। 

प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई  आजको खेल जित्नुपर्ने हुन्छ। 

Shivam cement

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो।

प्रकाशित: Mar 02, 2024| 13:31 शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्