बुधबार, असार १०, २०८३

टी-२० क्रिकेट शृंखला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

 |  शनिबार, फागुन १९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १९, २०८०
National life
Shivam cement

काठमाडौं- त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। उक्त खेल बिहान ११:३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको  क्रिकेट मैदानमा सुरु हुनेछ। 

नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो। शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ। नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो। 

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो। शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको दुई दुई अङ्क छ। रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ।

प्रकाशित: Mar 02, 2024| 09:23 शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्