शुक्रबार, भदौ १२, २०८३

नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। 
    
फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ। यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो। 
    
नेपालको प्लेइङ एघारमा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन्। 

प्रकाशित: Mar 01, 2024| 11:32 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्