बिहीबार, चैत २६, २०८२

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

National life

पक्राउ पर्नेमा चीनको संघाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौँ उपत्यकाभित्र गैरकानूनी रूपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको हो।

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट आठ लाख रुपैयाँ तथा पाँच सय दरको नोट चार लाख रुपैयाँ बरामद गरिएको प्रवक्ता रेग्मीले बताए। उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रकाशित: Feb 29, 2024| 06:30 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्