काठमाडौं महानगरपालिकाका प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको छ। बुधाबार साँझ सुन्धारास्थित फुटपाथमा भएको झडपका क्रममा सातजना नगर प्रहरी घाइते भएका छन्।
घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीको भनाइ छ। फुटपाथ व्यापारीतर्फ पनि केही घाइते भएका छन् ।